Ad Image

विप्लव भन्छन्– ‘गणतन्त्रमा झार पलायो, दलालहरू मौलाए’

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/biplab_ve0So8K4W3.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले गणतन्त्रमा ’झार पलाएको’ टिप्पणी गरेका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्र आएको तर गणतन्त्रका फूलहरू खोज्न झार पल्टाउनुपर्ने अवस्था आएको बताए ।

विप्लवले हरेक दिन एकताको कुरा गरे पनि कम्युनिष्ट आन्दोलनभित्र उकुसमुकुसको स्थिति रहेको स्वीकार गरे । उनले कम्युनिष्ट एकताका लागि निश्चित दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।

नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएको उनको जिकिर छ, जसले गर्दा नेपाली जनता कुन फूल र कुन झारपात भन्नेमा अलमलमा परेको उनी बताउँछन् ।

महासचिव चन्दले बर्खामा च्याउ उम्रेजस्ता राजनीतिक दलहरू रहेको भन्दै गणतन्त्रलाई झारपातले ढाकेको आरोप लगाए । उनले निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।