Ad Image

नेपाल–भारत सीमामा एसएसबीका जवानमाथि आक्रमण, आत्मरक्षाका लागि गो*ली प्रहार

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/parahara.jpg

जनकपुरधाम । नेपाल–भारत सीमास्थित धनुषाको महिनाथपुर नाका पारी भारतको जयनगर अनुमण्डलको बासोपट्टी थानाअन्तर्गत महिनाथपुर बोर्डरमा बिहान १० बजे सशस्त्र सीमा बल (एसएसबी)का जवानमाथि आक्रमण भएको छ ।

एसएसबी जवानमाथि आक्रमण गरेर आक्रमणकारीले बन्दुक खोस्न खोज्दा गोली चलाइएको थियो । भारतीय प्रहरीका अनुसार, यस क्रममा आक्रमणकारीमध्ये एक जनाको कम्मरमा गोली लागेको छ भने एक एसएसबी जवान घाइते भएका छन् । आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीका अनुसार, नेपालतर्फबाट कच्ची बाटो हुँदै प्रवेश गरेका ४–५ जना व्यक्तिलाई एसएसबी जवानले रोक्न खोज्दा विवाद भएको थियो । त्यस क्रममा उनीहरूले एसएसबी जवानमाथि नै आक्रमण गरी बन्दुक खोस्न खोजेपछि आत्मरक्षाका लागि एसएसबीले दुई राउन्ड गोली प्रहार गरेका थियो ।

सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले बोर्डर पारि एसएसबी विवादको क्रममा चार राउन्ड गोली प्रहार भएको बताएका छन् ।