Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

धरानको पुरानो अस्पतालको जग्गा फिर्ता गर्न हर्क साम्पाङको पत्र

User Image मेयरसाप डेस्क | २०८२ साउन ५ गते २०:४९
Image of https://mayorsap.com/storage/photos/10/hark-sampang.jpg

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको धरानको पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गरेका छन् ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै साम्पाङले नगरपालिकाको जग्गा लैजान नपाउने भन्दै जग्गा फिर्ता गर्नुपर्ने बताएका हुन् ।

मेयर साम्पाङले पठाएको पत्रमा कडा शब्द प्रयोग गर्दै लेखिएको छ, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमा भुलेर अस्पताललाई दिई पठाएछ थाहा भएन, यसरी अस्पतालको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनुहोला।’


Facebook Comments