Ad Image

पार्टीलाई बलियो बनाउन सहकार्य र समन्वय आवश्यक छ : उपप्रधानमन्त्री सिंह

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/FB_IMG_1753264043354~2.jpg

महोत्तरी । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् ।

आज महोत्तरीको जलेश्वरमा नवनिर्मित ’जलेश्वर बहुउद्देश्यीय भवन’ उद्घाटन गर्दै मन्त्री सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली कांग्रेसको महत्त्वपूर्ण भूमिका भए पनि पार्टीभित्रको द्वन्द्वले उपलब्धि गुम्ने खतरा बढाएको स्पष्ट पारे ।

उनले पार्टीभित्रको आरोप–प्रत्यारोप र हिलो छ्याप्ने कामले सङ्गठन कमजोर हुँदै गएको र यसको प्रत्यक्ष असर सङ्घीय लोकतान्त्रिक व्यवस्थामा पर्ने औंल्याए । सिंहका अनुसार, अहिले पार्टीलाई बलियो बनाउन सङ्गठन सुदृढीकरण, सहकार्य र समन्वय नै एक मात्र विकल्प हो ।

मन्त्री सिंहले मधेसमा अहिले खानेपानी र सिँचाइको हाहाकार रहेको उल्लेख गर्दै यसका लागि सङ्घीय सरकारले ठोस कदम चाल्ने निर्णय गरिसकेको र कुनै न कुनै वैकल्पिक उपाय निकालिने प्रतिबद्धता व्यक्त गरे ।

अन्त्यमा, उनले सङ्घीय सहरी विकास मन्त्रालयको सहयोगमा निर्मित ‘जलेश्वर बहुउद्देश्यीय भवन’ जलेश्वर नगरपालिका क्षेत्रका जनताका लागि बहुउपयोगी सावित हुने आशा व्यक्त गरे ।