Ad Image

तारकेश्वर नगरपालिकाले १५ वटा विद्यालयलाई दियो सेनेटरी प्याड डिस्पोजल मेसिन

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tarkeshwor-sanatary.jpg

काठमाडौं । तारकेश्वर नगरपालिकाले नगरभित्रका माध्यमिक विद्यालयलाई सेनिटरी प्याड डिस्पोजल मेसिन वितरण गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयका १५ वटा माध्यमिक विद्यालयलाई डिस्पोजल मेसिन वितरण गरेको हो ।  

बुधबार एक कार्यक्रमकाबीच विद्यालयका प्रधानध्यापकहरुलाई नगर प्रमुख कृष्ण हरि महर्जन र उप प्रमुख सृजना बुर्लाकोटी अर्यालले मेसिन हस्तान्तरण गरेका हुन् । सेनिटरी प्याडको प्रयोगपश्चात् व्यवस्थापनमा समस्या हुने भएकाले नष्ट गर्ने मेसिन दिइएको नगरपालिकाले जनाएको छ ।