भक्तपुरको बोडेमा दिदीबहिनी एउटै डोरीमा झु*ण्डिएको अवस्थामा मृ*त फेला


काठमाडौं । भक्तपुरको बोडेमा दुई दिदीबहिनी मृत फेला परेका छन् । सुर्खेत घर भई मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी दिदीबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
कँडेल थरका वर्ष १५ र १७ का दिदीबहिनी डेरामा नै डोरीमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्थे । उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनीहरूका बुवाआमा भारतमा बस्ने गरेको बताइएको छ । उनीहरू केही दिन अगाडि मात्रै भारतबाट आएको पाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।