ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता


काठमाडौं । ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । महासङ्घका प्रतिनिधि आज अध्यक्ष निवास खुमलटार पुगी ज्येष्ठ नागरिकका विभिन्न माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।
महासङ्घले सार्वजनिक यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था, राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेलगायतका माग राखेका छन् ।
दुई हजार ५०० भन्दाबढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेका जनाउँदै नागरिकता नहुँदा राज्यका सेवाबाट वञ्चित बनाइएको भन्दै समस्या समाधानका लागि नेतृत्व लिइदिन महासङ्घले अध्यक्ष दाहालसँग अनुरोध गरेको छ ।
महासङ्घका मागलाई गम्भीरतापूर्वक लिएको जबताउँदै अध्यक्ष दाहालले ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “तपाईंहरूले उठाएका माग न्यायसङ्गत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी मागलाई कार्यान्वयन गर्ने सम्बन्धमा माओवादी केन्द्रले सकारात्मक पहल गर्नेछ”, दाहालले भने ।
Facebook Comments