सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/salyan accc.jpg

सल्यान । नेपालगन्जबाट रागेचौरतर्फ जाँदै गरेको भे१ख ३९९४ नम्बरको फोर्स गाडी बिहीबार दिउँसो कुमाख गाउँपालिका–२, बढाई ज्युला भन्ने स्थानमा दुर्घटनामा परेको छ । अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको उक्त गाडीमा सवार चालकसहित १३ जना घाइते भएका छन् ।

प्रहरी कार्यालय सल्यानका अनुसार दिउँसो करिब १ बजे दुर्घटना भएको थियो । खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी पोस्ट नेटा र इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालकको नाम भने खुल्न सकेको छैन ।


Facebook Comments