‘प्रचण्ड र बाबुरामको ‘गद्दारीका’ कारण जनगणतन्त्र आएन’

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachand-baburam.jpg

काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेलले गणतन्त्रलाई ‘बुर्जुवा गणतन्त्र’ भन्दै यसले देशको विकास गर्न नसक्ने बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही वर्गको भएको आरोप लगाए ।

गजुरेलले आफूहरू जनगणतन्त्रका लागि लडेको भए पनि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईको ‘गद्दारीका’ कारण त्यो सफल हुन नसकेको दाबी गरे ।

उनले भने, “अहिले जनगणतन्त्र आएको छैन। यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो। यसले देशमा विकास गर्दैन। बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ।”

नेता सीपी गजुरेल


Facebook Comments