रुसमा यात्रुवाहक विमान दुर्घटना : ४९ जनाको मृ*त्यु भएको आशंका


एजेन्सी । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार यस दुर्घटनामा कोही पनि जीवित नरहेको आशंका गरिएको छ ।
साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले जनाएअनुसार उद्धारकर्मीहरूले विमानको जलेको भग्नावशेष फेला पारेका छन् ।
खराब मौसमका कारण कम दृश्यता (भिजिबिलिटी) भएका बेला चालक दलबाट भएको त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने टास समाचार एजेन्सीले जनाएको छ । विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए ।
रुसका दुर्गम क्षेत्रहरूमा हवाई यात्रा जोखिमपूर्ण मानिन्छ, जहाँ मौसम प्रायः खराब रहन्छ र पुराना विमानहरू प्रयोगमा आउँछन् । यसअघि पनि सन् २०२१ मा यस्तै दुर्घटनाहरूमा धेरैको ज्यान गएको थियो ।
Facebook Comments