Ad Image

२५ करोड युरो र डलरसहित पक्राउ परेका पौडेल धरौटीमा रिहा

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/25karod.jpg

काठमाडौं । टोखाबाट गत चैत ४ गते २५ करोड बराबरको युरो र डलरसहित पक्राउ परेका नारायण पौडेललाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश कृष्णप्रसाद शर्माको इजलासले असार ३२ मा पौडेललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो, जुन धरौटी बुझाएर उनी छुटेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का स्थानीय पौडेल र ट्रक चालक कुसाङ लामा ‘फुच्चे’लाई प्रतिवादी बनाएर राजस्व अनुसन्धान विभागले वैशाख २ मा मुद्दा दायर गरेको थियो ।

ना.७ ख १६५२ नम्बरको ट्रकबाट बरामद भएको उक्त नगद विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गतको कसुरमा २५ करोड ३४ लाख ७८ हजार बिगो मागदावी गरिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, पुराना खासा व्यापारी पौडेलले सुन तस्करीमा संलग्नता बढाएको र यो २५ करोड रकम केरुङ नाकाबाट सुन खरिद गर्न लगिँदै थियो ।