Ad Image

रवि लामिछानेको समर्थनमा साढे २७ लाख हस्ताक्षर सङ्कलन

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1000064339-1753366787.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै सञ्चालन गरेको हस्ताक्षर अभियानमा २७ लाख ५० हजार ६ सय ७७ हस्ताक्षर सङ्कलन गरेको छ । 

प्रदेशगत रूपमा हेर्दा, बागमती प्रदेशबाट सर्वाधिक ७ लाख १३ हजार ३ सय ३१ र गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९ सय १४ हस्ताक्षर सङ्कलन भएका छन्। अन्य प्रदेशहरूमा कोशीबाट २ लाख १३ हजार १६, मधेसबाट १ लाख ४ हजार ३ सय ६०, लुम्बिनीबाट २ लाख ५२ हजार ४ सय ३१, कर्णालीबाट ७२ हजार १४२ र सुदूरपश्चिमबाट १ लाख १० हजार ५ सय १२ हस्ताक्षर सङ्कलन भएका छन् ।

यसबाहेक, केन्द्रीय कार्यालय, काठमाडौंमा स्थापित बुथ, ह्वाट्सएप र इमेलमार्फत पनि ठूलो संख्यामा हस्ताक्षर सङ्कलन गरिएको रास्वपाले जनाएको छ । यो अभियान गत असार ७ गतेबाट सुरु भएको थियो ।