Ad Image

संवैधानिक परिषद् विधेयक राष्ट्रपतिद्वारा फिर्ता

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/20241204081241.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ’संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बिहीबार जानकारी दिएअनुसार, यो संशोधन संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य–मान्यता, र विश्वव्यापी अभ्यास प्रतिकूल देखिएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामै फिर्ता पठाइएको हो ।

गत असार ३१ गते दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष यो विधेयक पेस भएको थियो ।