धनगढी आगलागी : ८ पसलमा ६ करोड ३० लाखको क्षति


धनगढी । गत साउन ४ गते धनगढी–४ स्थित नास्ट कलेज नजिकै विद्युत् सर्ट भई भएको आगलागीबाट आठवटा पसलमा करिब ६ करोड ३० लाख रुपैयाँको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, आगलागीबाट हेलेन ट्रेड एण्ड सप्लायर्सका चार, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन र सेन्टर प्वाइन्ट रेस्टुरेन्टमा क्षति पुगेको छ ।
प्रहरी उपरीक्षक बालनरसिंह राणाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा सवा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका दमकललाई पनि परिचालन गरेर आगो निभाइएको थियो ।