Ad Image

राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Nepal-Rastra-Bank1.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार २८ दिनका लागि बजारबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत यो कदम चालेको हो ।

यसका लागि आज दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई अनलाइन बोलकबोल गर्न आह्वान गरिएको छ । ’क’, ’ख’ र ’ग’ वर्गका वित्तीय संस्था मात्र सहभागी हुन पाउने यो उपकरणमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच–पाँच करोड रुपैयाँले भाग गर्दा बाँकी नजाने गरी बोलकबोल गर्न सकिनेछ ।

खरिद गरिएको यो उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि रहेको राष्ट्र बैंकले जनाएको छ ।