Ad Image

बला*त्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध मुद्दा दायर

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ahiraj.PNG

काठमाडौं। मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ । गत साउन ४ गते बलात्कार आरोपमा पक्राउ परेका झाविरुद्ध मंगलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । 

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले पक्राउ परेको ९ दिनमै मुद्दा दायर गरेको हाे ।

अहिराजले २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएकी थिइन् । चिनजानका आधारमा कोठामा एक्लै भएका बेला आएर अहिराजले बलात्कार गरेको युवतीको आरोप छ ।