Ad Image

बागमती प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tin naya.jpg

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका छन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्रेष्ठ र गुरुङको जिम्मेवारी भने तोकिन बाँकी छ ।

यसअघि साउन ९ र १३ गते पाँच जना मन्त्रीले राजीनामा दिएर मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए, जसका कारण बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्रीविहीन बनेका थिए ।

गोविन्द लम्सालको नियुक्तिपछि पनि युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिँचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालयहरू नेतृत्वविहीन रहेका छन् ।