Ad Image

संसदीय दलको नेताका लागि बानियाँले गरे मनोनयन दर्ता

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/indra-baniya_eQ62oXXAFl.jpg

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वास गुमाएपछि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज हेटौँडामा मतदान हुँदैछ ।

नेता इन्द्र बानियाँले संसदीय दलको नेताका लागि मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा यांकिला शेर्पा र समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार, उम्मेदवारहरूको प्रारम्भिक नामावली बिहान ११ः३० बजे, नाम फिर्ता लिने समय दिउँसो १२ बजेसम्म र अन्तिम नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ ।

मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ । मतदान सकिएलगत्तै मतगणना गरी सोही दिन परिणाम घोषणा गरिने समितिले जनाएको छ ।