Ad Image

‘कुलिङ पिरियड’ प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझाउँदै

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Chhanbin-Samiti-.jpg

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीको छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबार प्रतिनिधिसभामा आफ्नो प्रतिवेदन बुझाउने भएको छ ।

समितिको म्याद आइतबार सकिन लागेकाले सोमबारको बैठकमा प्रतिवेदन पेस गर्ने तयारी गरिएको हो । छानबिन समितिका सदस्यहरूका अनुसार, ‘कुलिङ अफ पिरियड’को प्रावधान निष्प्रभावी बनाउन नियतवश गोलमाल गरिएको निष्कर्ष निकालिएको छ । 

प्रतिवेदनमा उक्त कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूमाथि के–कस्तो कारबाही गर्ने भन्ने सिफारिससमेत किटान गर्ने तयारी छ । कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा गठित यो समितिले २१ दिनमा काम नसकेपछि ७ दिन म्याद थप गरिएको थियो ।