ठूला दल मिलेर पनि सरकार जवाफदेही भएन : शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् ।
आज विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ठूला दुई दलको सरकार भए पनि जनताप्रति उत्तरदायी नभएको आरोप लगाए ।
कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको धारणा व्यक्त गरे । उनले लोकतन्त्रको रक्षाका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।
उनले मुलुकको निर्वाचन प्रणालीका कारण मिलीजुली सरकार बनाउनुपर्ने बाध्यता रहे पनि पार्टीको सिद्धान्त र व्यवहार छोड्न नहुनेमा जोड दिए ।