Ad Image

पार्टीमा योगदान दिने नेताहरूको सपना पूरा गर्नेछौँ : सभापति देउवा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/deubaa1662570540.jpg

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता चन्द्रकान्त बगालेको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै अहिलेको राजनीतिक परिवर्तनमा उनको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

आज भरतपुर महानगरपालिका–४ स्थित बगालेको निवासमा आयोजित श्रद्धाञ्जली सभामा देउवाले हरेक आन्दोलनमा बगालेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।

सभापति देउवाले कांग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्ने अग्रजहरूको सधैँ सम्मान गर्ने बताए । उनले पुराना नेताहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व तयार रहेको र उनीहरूको सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

विसं १९८६ पुस १५ गते लमजुङमा जन्मिएका बगालेको ९७ वर्षको उमेरमा गत साउन १० गते निधन भएको थियो ।