Ad Image

श्रीमानले गरे श्रीमतीको घाँटी थिचेर ह*त्या, दुवैले गरेका थिए मदिरा सेवन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hatya-madira.jpg

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । हत्या गरेको आरोपमा मृतकका श्रीमान ४६ वर्षीय निरज खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, शनिबार बेलुका निरज र उनकी श्रीमती कमलामाया खड्गीले मदिरा सेवन गरेका थिए । दुवैले मदिरा सेवन गरेपछि भएको विवादका कारण यो घटना घटेको प्रहरीको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निरजले श्रीमती कमलाको घाँटी थिचेर हत्या गरेको पाइएको छ । हत्यापछि स्थानीयवासीले निरजलाई घेरा हालेर राखेका थिए ।

स्थानीयले हत्या भएको जानकारी दिएपछि लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले निरजलाई नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।