Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बहुविवाहलाई प्रोत्साहन गर्ने कानुन बनाउन लागेको होइन : कानुनमन्त्री चौरसिया

User Image मेयरसाप डेस्क | २०८२ साउन १५ गते १४:५४
Image of https://mayorsap.com/storage/photos/10/Ajay-Chaurasiya-1723195778.jpg

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुनमार्फत् बहुविवाहलाई प्रोत्साहन गर्न नखोजेको स्पष्ट पारेका छन् ।

आइतबार नेपाल महिला संघको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले महिलालाई अप्ठ्यारो पार्ने गरी कानुन नबनाउने स्पष्ट पारेका हुन् । अवैध सम्बन्धबाट जन्मिएको बच्चाको अधिकारका लागि कानुन संशोधन गर्न लागिएको उनको भनाइ छ ।

‘मस्यौदा भएको कानूनमा बहुविवाहको कुरा छैन । अवैध सम्बन्धबाट गर्भ रहन गएको अवस्थामा त्यो बच्चाको लागि बाल अधिकारका लागि कानुनमा संशोधन गर्ने कुरा छ’, उनले भने, ‘संशोधन गर्नु नपर्ने हो भने त्यो पनि हटाउँछौ ।’

उनले बहुविवाहलाई निस्तेज पार्न पुरुषलाई जस्तै महिलालाई पनि बहुविवाहको कसुरमा कारबाही हुने बताए । उनले मन्त्रालयले तयार पारेको मस्यौदामा बहुविवाहको कुरा नभएको बताए ।


Facebook Comments