Ad Image

२ जनालाई पक्राउ गर्न प्रहरीले गर्‍यो हवाई फायर

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Saptari-Gun-fire-1024x651.jpg

सप्तरी । सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरेर हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ  । 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर  का विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन्  । 

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ ।

प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । सोही क्रममा नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ ।