Ad Image

जनार्दन भन्छन्– ‘आत्मालोचना गर्न तयार छु, प्रचण्डले पनि दुर्गतिको जिम्मा लिनुपर्छ’

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/janardan-sharma_T5Xx321h3o.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफ्ना गतिविधिप्रति आत्मालोचना गर्न तयार रहेको बताएका छन् । तर, पार्टीको वर्तमान अवस्थाका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि जिम्मा लिँदै आत्मालोचना गर्नुपर्ने उनको भनाइ छ ।

आइतबारको स्थायी कमिटी बैठकमा बोल्दै शर्माले पार्टीलाई सही दिशामा लैजान विशेष महाधिवेशनको आवश्यकता रहेको धारणा व्यक्त गरे । उनले आफू पार्टी निर्माणमा खटिरहेको भए पनि अध्यक्ष प्रचण्डले नै पार्टी फुट्दै छ भन्ने हल्ला चलाएको आरोप लगाए र आफूले माओवादी केन्द्र नछोड्ने स्पष्ट पारे ।

शर्माले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि राखे । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको मागबाट माओवादी केन्द्र दुई बुँदे सहमति गरेर पछि हट्नुले सुशासनको अभियान तुहिएको टिप्पणी गरे ।