Ad Image

निर्मला पन्त प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न गृहमन्त्रीको निर्देशन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6db5fe4e-5f10-4e2f-adce-a997c11aa94c.jpeg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका छन् ।

आइतबार सीआईबी कार्यालयको निरीक्षणका क्रममा उनले अनुसन्धानमा कुनै कसर बाँकी नराखी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले सीआईबीप्रति आम जनताको भरोसा बढेको भन्दै यसलाई अटल राख्न काम गर्नुपर्नेमा जोड दिए । 

उनले पछिल्लो समय बढेको वित्तीय अपराध नियन्त्रण गर्नका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरिएको पनि जानकारी दिए ।

यस क्रममा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले निर्मला पन्त प्रकरणसहित अन्य जटिल घटनाहरूको अनुसन्धान जारी रहेको बताए । 

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबीका प्रमुख प्रहरी अतिरित्त महारिक्षक चन्द्रकुवेर खापुङ्लगायत प्रहरी अधिकारी सहभागी थिए ।