तनहुँको ऐना पहरामा यात्रुबाहक बस दु*र्घटना, उद्धार कार्य जारी


काठमाडौं । तनहुँको मुग्लिन–पोखरा सडक खण्डको ऐना पहरामा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस मस्र्याङ्दी नदीको किनारामा खसेको हो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, अहिलेसम्म दुई जनाको उद्धार गरिएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन र उद्धार कार्य जारी छ ।
यही ठाउँमा गत वर्ष भदौ ७ गते भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको थियो ।