Ad Image

राहतबिना मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नु सरकारको ‘नालायकीपन’

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/862ac73a-021f-45b3-93ee-4025a3c27cb8.jpeg

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि कुनै राहत प्याकेज नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् ।

आज कलैयामा आयोजित एक कार्यक्रममा बोल्दै उनले राहतबिनाको घोषणाले पीडितलाई झन् पीडित बनाएको बताए ।

साहले प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टरबाट मधेसको भ्रमणपछि पाँच सय डिपबोरिङ गाड्ने घोषणा गरेको तर तीन हप्ता बितिसक्दा पनि एउटा पनि डिपबोरिङ नगाडिएको भन्दै उक्त घोषणालाई हावादारी गफको संज्ञा दिए ।

उनले सरकारलाई तत्काल राहत प्याकेज ल्याउन र दीर्घकालीन रूपमा पानीको समस्या समाधान गर्न माग गरे । साहले खानेपानीको अभावमा जनताले कष्ट भोग्दा पनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाए ।