Ad Image

स्वास्थ्य सेवाको मेरुदण्ड नर्सहरू हुन् : परराष्ट्रमन्त्री राणा

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bec81b2e-5f92-466a-b627-17d1dce2a8bd.jpeg

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवामा नर्सहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएकी छन् ।

महाराजगञ्ज नर्सिङ क्याम्पसको एक कार्यक्रममा बोल्दै उनले चिकित्सकको सहज पहुँच नभएको नेपालमा नर्सहरू नै स्वास्थ्य प्रणालीका प्रमुख आधारस्तम्भ भएको बताइन् ।

मन्त्री राणाले ग्रामीण क्षेत्रदेखि सहरका अस्पतालसम्म नर्सहरूको सेवा र समर्पणले नै स्वास्थ्य प्रणाली बलियो बनेको उल्लेख गरिन् । उनले बिरामीको उपचार, मनोबल वृद्धि र परामर्शमा नर्सहरूको भूमिकाले मातृ तथा शिशु स्वास्थ्यमा सुधार आएको बताइन् ।

उनले नर्सहरूलाई प्रोत्साहन, सुरक्षा र आधुनिक तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । मन्त्री राणाका अनुसार, नर्सहरूलाई स्वास्थ्य सेवकका रूपमा मात्र नभई ‘प्रशिक्षित स्वास्थ्य अभियन्ता’का रूपमा विकास गर्नु आवश्यक छ ।