मूलपानी क्रिकेट ग्राउन्ड नजिकै पुलबाट खस्यो चिनियाँ दूतावासको गाडी

काठमाडौं । मूलपानी क्रिकेट ग्राउन्ड नजिकै चिनियाँ दूतावासको गाडी पुलबाट खोल्सामा खसेको छ । आइतवार बिहान कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित चिनियाँ दूतावासको ११ सिडी ६१९ नम्बरको गाडी पुलबाट खोल्सामा खसेको हो।
गाडीमा दुई चिनियाँ नागरिक सवार थिए। छोराले चलाएको गाडीमा आमा सवार थिइन् । दुर्घटनाबाट उनीहरू दुवै जना सामान्य घाइते भएका छन्। स्थानीय र प्रहरीले उनीहरुलाई दुर्घटनाग्रस्त गाडीबाट बाहिर निकालेका थिए।
गाडी आफै अनियन्त्रित भएर खोल्सामा खसेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।