Ad Image

संसद बैठकअघि सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/debraj ghimire.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख ५ दलका प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको छुट्टाछुट्टै बैठक बोलाएका छन् । 

प्रतिनिधिसभाको आज दिउँसो एक बजेको बैठकअघि सभामुख घिमिरेले दुई छुट्टाछुट्टै बैठक बोलाएका हन् ।  सभामुख घिमिरेले बिहान ११ बजे प्रमुख ५ दलका प्रमुख सचेतक र कानुन न्याय तथा संसदीय मामिला मन्त्री सहितको बैठक बोलाएका छन् । उक्त बैठक नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने छ ।

प्रमुख सचेतकसँगको बैठक सकिएपछि सभामुख घिमिरे साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिसँग बैठक बस्ने छन् । 

दिउँसो एक बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ । 

आजै सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।