Ad Image

मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/akhtiyar.jpg

रुपन्देही। रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष यादवविरुद्ध तीन लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

आयोगले अध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ का विपिन कुमार पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार वडाध्यक्ष यादवले विभिन्न योजनाको भुक्तानी सिफारिस गर्न सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेका थिए। यादवले घुसबापतको रकम गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन पाण्डेमार्फत लिइसकेको अवस्थामा अख्तियारको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको थियो।

आ.ब. २०८१/०८२ मा “सिसु सेमरा दक्षिण धोबहिया छठ घाट निर्माण”, “पुर्निकोट गाउँभित्र सडक पी.सी.सी. ढलान” र “सुरहवाँ गाउँभित्र सडक पी.सी.सी. ढलान” कार्य योजनाहरूको काम सम्पन्न भई सिफारिस दिने कार्यमा यादवले पाण्डेमार्फत सेवाग्राहीबाट घुस रकम लिएको आयोगले जनाएको छ ।