कटुवा पेस्तोलसहित एक जना पक्राउ


पर्सा । वीरगंज महानगरपालिका–१६ ईनर्वा गाउँबाट कटुवा पेस्तोल १ थानसहित एक प्रकाउ परेका छन् । ईनर्वा घर भएका ४० वर्षीय साहेव खाँलाई प्रहरीले आइतवार साँझ पक्राउ गरेको हो ।
प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।