Ad Image

नेपालका दुई युवा अभियान्ता दवाडि र लम्साललाई अन्तर्राष्ट्रिय सम्मान

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-08-04 at 6.01.59 PM.jpeg

काठमाडाै । भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न दोस्रो International Achievers Award 2025 Bhutan मा नेपालका दुई युवा अभियन्ता अन्जन दवाडी र रामचन्द्र लम्सालले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।

“Best Contribution in Social Activities” श्रेणीमा अन्जन दवाडी सम्मानित भए भने “Best Contribution in Youth Empowerment” विधामा रामचन्द्र लम्साल सम्मानित भएका छन्।

दवाडी लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। हाल उनी भरतपुर महानगर युवा सञ्जालका अध्यक्ष तथा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय महासचिवका रूपमा कार्यरत छन्। सामाजिक परिवर्तन, मानवीय सेवा र युवालाई सामाजिक उत्तरदायित्वप्रति सक्रिय बनाउने काममा उनले महत्वपूर्ण योगदान दिएका छन्।

त्यस्तै, रामचन्द्र लम्सालले युवाको नेतृत्व विकास, सिपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्‍याएका छन्। आफैं सफल उद्यमी रहेका लम्साल हजारौं युवालाई आत्मनिर्भर र उद्यमशील बन्न प्रेरित गर्दै आएका छन्।

कार्यक्रम ABM द्वारा आयोजना गरिएको थियो भने भारतमा दर्ता कम्पनी JDN, Global Village Connections Bhutan, IEHRSE को सहकार्य र She-Cycle Solutions Bhutan को सह–आयोजनामा २०२५ अगस्ट ३ तारिख साँझ ६ बजे भव्य रूपमा सम्पन्न भएको हो।

यो सम्मानले नेपालका यी दुई युवाको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउनुका साथै सामाजिक परिवर्तन र युवा सशक्तिकरणमा थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको आयोजकहरूले बताएका छन्।