१२ कक्षाको नतिजा सार्वजनिक


काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
शिक्षकहरूको २९ दिने आन्दोलनका कारण निर्धारित समयभन्दा ढिलो गरी नतिजा प्रकाशित भएको हो ।
आन्दोलनकै कारण वैशाख ११ गतेका लागि तय भएको परीक्षा पनि वैशाख २१ गतेबाट सुरु भएको थियो ।
यस वर्षको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।