Ad Image

बुद्ध जन्मस्थलका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/a1cb495e-64a2-4c0c-a3d9-0cb9c30ea441.jpeg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल भएकाले नेपाल विश्वभर चिनिएको बताएका छन् ।

गुरु पद्मसम्भवको जन्म दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बुद्ध र वेदको धरोहर बोकेको देशका रूपमा नेपालको पहिचानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले गुरु पद्मसम्भवले हिमाली बौद्ध परम्परा र बौद्ध दर्शनको प्रचार–प्रसारमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । 

उनले भौतिक सम्पन्नताले भन्दा आन्तरिक शान्ति बुद्धको मार्गबाट मात्रै सम्भव हुने भएकाले बुद्ध शिक्षा अहिले पनि सान्दर्भिक रहेको बताए ।

पहिलोपटक औपचारिक रूपमा पद्मसम्भवको जन्म दिवस मनाइनु ऐतिहासिक भएको भन्दै उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाउन सहयोग गरिने प्रतिबद्धता जनाए ।