बैंकिङ कसुर मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले सोमबार प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
नेपाल राष्ट्र बैंकको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंको कारोबारमाथि अनुसन्धान गरेको थियो ।
सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदनका आधारमा प्रसाईंविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो माग गरी कैद र जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेको थियो ।
यसका साथै पीडित राहत कोषमा क्षतिपूर्तिसमेत भराउन माग गरिएको थियो ।