Ad Image

गृहमन्त्री लेखकले बोलाए मन्त्रिपरिषद् विधेयक समितिको बैठक

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Ramesh-Lekhak.jpg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिको बैठक आह्वान गरेका छन् ।

मंगलबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको यस बैठकमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित विधेयकमा छलफल हुनेछ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गर्न कानुन मन्त्रालयले प्रस्ताव गरेको यो विधेयकबारे विभिन्न पक्षबाट फरक–फरक विचार व्यक्त भइरहेका छन् ।

विधेयक समितिका संयोजक समेत रहेका गृहमन्त्री लेखकले यस विषयमा सरोकारवाला मन्त्री र उच्च सरकारी अधिकारीहरूसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ ।