कोदो हाम्रो संस्कृति र पहिचानको अन्न हो : ऊर्जामन्त्री खड्का


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय कोदो दिवसका अवसरमा आयोजित ’कोदोको १० परिकार प्रदर्शनी’ लाई सम्बोधन गर्दै उनले कोदोको संरक्षण, व्यावसायिक उत्पादन र परिकारले राष्ट्रिय खाद्य सुरक्षामा योगदान पुर्याउन सक्ने बताए ।
मन्त्री खड्काले भने, “देशको माटोमा फल्ने अन्नले मात्र हामीलाई आत्मनिर्भर बनाउँछ, आयातमा निर्भर खाद्य प्रणाली दीर्घकालीन समाधान होइन।“ उनले कोदोलाई परिकारका रूपमा मात्र नभई नेपाली संस्कृति, पहिचान र सम्भावनाको अन्न भएको बताए ।
प्रदर्शनीमा कोदोबाट बनेका विभिन्न परिकारहरू जस्तै प्यान केक, खिर, मःमः, ढिँडो, सेलरोटी लगायतका परिकार राखिएको थियो । यो कार्यक्रम नेपाली खाना प्रवद्र्धन अभियानद्वारा आयोजना गरिएको थियो ।