Ad Image

विश्व व्यापार सङ्गठनको महत्त्वपूर्ण सम्झौता अनुमोदन

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RatnaSherestha-KTM-19RATL1479copy.jpg

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ बहुमतले पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पेस गरेको उक्त प्रस्ताव छलफलपछि अनुमोदन भएको हो ।

मन्त्री भण्डारीले यो सम्झौताले नेपाललाई लाभ नै पुग्ने बताए । उनले भने, “यो एक बहुपक्षीय सम्झौता हो र यसको कार्यान्वयनपछि विश्व व्यापार सङ्गठनमा नेपालका थप मुद्दा र मागले प्राथमिकता पाउनेछन्।“ हालसम्म १०६ राष्ट्रले यो सम्झौतालाई समर्थन गरिसकेका छन् ।

मन्त्री भण्डारीका अनुसार, नेपाल भूपरिवेष्ठित राष्ट्र भए पनि समुद्रमा नेपालको अधिकार छ र यो सम्झौताले नेपालमा उत्पादित माछालाई बजार पाउन सहयोग गर्नेछ ।