बहुविवाह सम्बन्धी व्यवस्था संशोधन गर्न सरकार तयार, विधेयक समितिमा बनायो उपसमिति


काठमाडौं । बहुविवाह सम्बन्धी व्यवस्था संशोधन गर्न मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले उपसमिति गठन गरेको छ। मंगलवार बसेको विधेयक समितिको बैठकले बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन् ।
विधेयक समितिमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी पाँचवटा विधेयकमा संशोधनको प्रस्ताव प्रस्तुत भएको छ ।
बहुविवाह सम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था,अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी, माफी र परिवर्तनसम्बन्धी व्यवस्थाहरूमा संशोधनगर्नुपर्ने देखिएकाले उपसमिति गठन गरेको मन्त्री लेखकले जानकारी दिए ।
उपसमितिले सम्बन्धित मन्त्रालयहरूको राय सल्लाह लिएर बहुविवाह सम्बन्धमा नागरिकहरूमा रहेको चर्चा र चिन्तालाई संशोधन गरेर परिमार्जन गर्ने उनको भनाइ छ ।
Facebook Comments