Ad Image

डिशहोमको ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक, २५ प्रतिशतसम्म छुट

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dishhome virtual previledge card.jpg

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरूका लागि नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । अब सक्रिय डिशहोम ग्राहकहरूले यो कार्ड प्रयोग गरेर नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा र लाइफस्टाइल ब्रान्डहरूमा २५% सम्मको छुट पाउन सक्नेछन् ।

‘माइ डिशहोम एप’मा उपलब्ध यो कार्डमार्फत ग्राहकहरूलाई इन्टरनेट र टेलिभिजन सेवाबाहेक अन्य क्षेत्रमा पनि सुविधा दिने उद्देश्य रहेको डिशहोमका सीईओ तारा मानन्धरले बताए ।

सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू यस प्रिभिलेज कार्ड नेटवर्कमा जोडिएका छन् । यसमा बर्गर हाउस, सिद्धार्थ हस्पिटालिटी ग्रुप, लुम्बिनी केबलकार, मौलाकाली केबलकार, मेलुङ ठकाली, होटल ले हिमालय, लेक साइड रिट्रिट र इला कम्फर्ट होटल्सलगायतका ब्रान्डहरू समावेश छन् ।

डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूलाई यो योजनामा समावेश गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूले माइ डिशहोम एप डाउनलोड गरी साझेदार आउटलेटहरूमा कार्ड देखाएर छुटको फाइदा लिन सक्नेछन् ।


Facebook Comments