ट्रम्पको चेतावनीपछि भारतका सुरक्षा सल्लाहकार मस्को भ्रमणमा

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/LHH5ZRMoD4L5jJedWbwEh95mW3TrVJmg.jpg

काठमाडौं । अमेरिकाले रुसी तेल खरिदमा कर बढाउने धम्की दिएपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल मस्को पुगेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको रुसी तेल आयातमाथि कर लगाउनेबारे विचार गरिरहेको बताएपछि डोभालले मंगलबार राति मस्कोको भ्रमण गरेका हुन् ।

रूसका लागि तेल युक्रेनमा भइरहेको युद्धको लागि राजस्वको प्रमुख स्रोत हो र भारत रुसी तेलको ठूलो खरिदकर्ता हो । भारतको विदेश मन्त्रालयले भने रुसी तेल खरिद रोक्न अमेरिकाले दिएको दबाबलाई अनुचित र अन्यायपूर्ण भन्दै आफ्नो हितको रक्षा गर्ने बताएको छ ।

डोभालको मस्को भ्रमण अमेरिकी राजदूत स्टिभ विटकोफको भ्रमणसँगै भएको हो । यसले भारत, अमेरिका र रूसबीचको कूटनीतिक सन्तुलनमाथि चासो बढाएको छ । 

यसैबीच, युक्रेनले पनि आफूमाथि प्रहार गरिएका रुसी ड्रोनमा भारतनिर्मित पार्टपुर्जा भेटिएको दाबी गरेको छ, जसले भारतमाथि थप दबाब सिर्जना गरेको छ ।

विश्लेषकहरूका अनुसार भारतको रूससँगको सम्बन्ध शीतयुद्धदेखि नै घनिष्ठ छ, र यो सम्बन्धलाई तोड्न भारत अनिच्छुक छ ।


Facebook Comments