Ad Image

भूपरिवेष्ठित राष्ट्रहरूको व्यापार हिस्सा दोब्बर गर्नुपर्छ : प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RSS-Image2025-08-06at12.20.07PM.jpg

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूलाई (एलएलडिसी) पछाडि पार्न नहुनेमा जोड दिएका छन् ।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा उनले निष्पक्ष व्यापार र पारवहनका लागि सामूहिक दबाब दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले पूर्वाधार निर्माण, स्मार्ट व्यापार, यातायात र भन्सार प्रक्रियालाई डिजिटल बनाउने जस्ता ‘सेभिया प्रतिबद्धता’को कार्ययोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले विश्वव्यापी व्यापारमा यी मुलुकको हिस्सा दोब्बर गर्ने र सेवा निर्यात विस्तार गर्ने प्रतिबद्धता पूरा गर्नुपर्छ।’

यस्तै, दक्षिण–दक्षिण सहकार्यसम्बन्धी मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आपसी सिकाइ, क्षमता विकास र प्रविधि हस्तान्तरणका लागि यी मुलुकहरूबीचको सहकार्य बढाउनुपर्ने बताए ।

उनले विश्वव्यापी डिजिटल अर्थतन्त्रमा भाग लिन डिजिटल रूपान्तरणलाई अपनाउनुपर्ने धारणा पनि राखे ।