विकासका काम समयमै सम्पन्न गर्न कार्यवाहक प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका आयोजनाहरू निर्धारित समयभित्रै सक्ने गरी काम गर्न सरोकारवाला सबैलाई निर्देशन दिएका छन् ।
स्थानीय पूर्वाधार तथा विकास विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै उनले गत वर्षको ६५ प्रतिशत मात्र प्रगतिप्रति असन्तुष्टि व्यक्त गरे ।
सिंहले जनताको चाहनाअनुसार काम गर्न विभागलाई आग्रह गर्दै भने, ‘विगतका कमजोरीबाट सिक्दै आगामी वर्षमा उल्लेखनीय प्रगति गर्नुपर्छ।’
उनले झोलुङ्गे पुलदेखि अन्य पूर्वाधारका कामहरू पनि समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
Facebook Comments