राजनीतिक पूर्वाग्रह नराखी लुम्बिनीको विकासमा लाग्नुस् : मन्त्री पाण्डे

User Image मेयरसाप डेस्क | २१ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RS_KTM-IMG_20250806_113348.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीलाई राजनीतिक पूर्वाग्रह त्यागेर परिणाममुखी काम गर्न निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले कोषले अपेक्षाअनुसार काम गर्न नसकेको बताए ।

मन्त्री पाण्डेले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि ऐन नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि काम भइरहेको जानकारी दिए ।

उनले दिल्लीमा भएको वल्र्ड हेरिटेज कमिटीको बैठकमा लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्तावलाई हटाउन सफलता मिलेको र यो एक ठोस उपलब्धि भएको बताए ।

साथै, उनले लुम्बिनीमा देखिएका भूराजनीतिक तथा अन्य विवाद समाधानका लागि संवाद भइरहेको जानकारी दिए ।


Facebook Comments