संसद् बहिष्कार गर्ने रास्वपा र राप्रपाको निर्णय गलत : सांसद बाँस्कोटा


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर संसद् बहिष्कार गरेकोमा आपत्ति जनाएका छन् ।
सांसद बाँस्कोटाले यी दुई दलको यो निर्णय गलत भएको भन्दै आफ्नो गल्ती सच्याउन आग्रह गरे ।
सांसद बाँस्कोटाले भिजिट भिसा प्रकरणबारे ती दलले लगाएका आरोपहरूलाई तथ्यले पुष्टि गर्नुपर्नेमा जोड दिए । उनले यसरी संसद्मा आएर फेरि बहिष्कार गर्दै हिँड्नु गलत प्रवृत्ति भएको टिप्पणी गरे ।
यसैगरी, उनले युवायुवतीको १८ वर्षपछिको सम्बन्धलाई वैधता दिने तर विवाहका लागि २० वर्ष कुर्नुपर्ने दोहोरो व्यवस्थामा सुधार गरी पारिवारिक कानुनको माग पनि गरेका छन् ।
Facebook Comments