माओवादीकै जोडबलमा एमसीसी पारित भएको हो : प्रचण्ड
मेयरसाप डेस्क
|
२०८२ साउन १८ गते २०:१५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो पार्टीकै जोडबलमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएको बताएका छन् ।
निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसीसी’ पुस्तक विमोचन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
प्रचण्डले भने, ‘माओवादीले छाडेर हिँड्दा जस्ताको तस्तै एमसीसी पास हुने अवस्था थियो, तर त्यसो हुन दिएनौँ।’ उनले व्याख्यात्मक टिप्पणीसहित पारित भएकाले अब पनि राष्ट्रिय स्वाधीनताका लागि आन्दोलन गर्ने बाटो खुल्ला रहेको बताए ।
उनका अनुसार, अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूबाट प्राप्त सुझावका आधारमा ‘भियना कन्भेन्सन’ अनुसार केही बोल्ने ठाउँ रहेको जानकारी पाएपछि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरिएको हो ।
उनले विमोचित पुस्तक एमसीसीका पक्ष र विपक्षमा वकालत गर्ने सबैका लागि पठनीय सामग्री भएको बताए ।
Facebook Comments