लाउडा भ्रष्टाचार प्रकरण : १८ वर्षदेखि अल्झिएको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । चर्चित लाउडा विमान भाडासम्बन्धी भ्रष्टाचार मुद्दा १८ वर्षपछि सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी चढेको छ ।
न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना, बालकृष्ण ढकाल र मेघराज पोखरेलको इजलासमा यो मुद्दा तोकिएको हो । लामो समयदेखि पेसी तोकिने तर हेर्न नभ्याइने सूचीमा रहेको यो मुद्दा आज (बिहीबार) सुनुवाइका लागि तय भएको छ ।
२०५७ सालमा तत्कालीन शाही नेपाल वायुसेवा निगमले अस्ट्रियाको लाउडा एयरबाट विमान भाडामा लिँदा भ्रष्टाचार भएको आरोप लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ९७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित २०५८ सालमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले २०६४ मा सबै आरोपीलाई सफाइ दिएको थियो, तर त्यसपछि सर्वोच्चमा पुगेको यो मुद्दा ८१औँ पटक पेसी तोकिएपछि पनि दुई न्यायाधीशको राय बाझिएकाले पूर्ण इजलासमा पठाइएको थियो ।
यस काण्डमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत अन्य ९ जना मुछिएका थिए ।
Facebook Comments