‘माओवादी नेताका छोराछोरी अब सार्वजनिक स्कुलमा पढ्नुपर्ने’


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताका छोराछोरीलाई सार्वजनिक विद्यालयमै पढाउनुपर्ने निर्णय गर्ने तयारी भइरहेको बताएका छन् ।
अखिल क्रान्तिकारीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले यो निर्णय छिट्टै कार्यान्वयनमा ल्याउने जानकारी दिए ।
उनले पार्टीका स्थानीय तहका प्रमुखहरूका छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने निर्णय पहिल्यै भइसकेको र अब केन्द्रीय नेताहरूमा पनि यो नियम लागू गरिने बताए ।
‘हामी पार्टी केन्द्रका सबै नेताले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा कलेजमा पढाउने र विदेश नपठाउनेबारे छलफल गरेर निर्णयतिर गइरहेका छौँ,’ प्रचण्डले भने ।
Facebook Comments